मौसम : अझै केही दिन वर्षा, सर्तक रहन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र


काठमाडौं, १३ भदौं । केही दिनयता देशभर निरन्तर वर्षा भइरहेको छ । यो वर्षा अझै केहीदिन निरन्तर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि देशैभर बदली भई वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै बढेको छ । तराईका विभिन्न क्षेत्र डुबानमा परिरहेका छन् । नदीका वहावहरु बढिरहेको छ । निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा राजमार्गहरू अवरुद्ध भइरहेका छन् ।

पहाडी भूभागमा भू–क्षय र साना–ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

प्रतिक्रिया