तत्काल अरु पार्टीसँग एकता हुँदैन : अध्यक्ष नेपाल
प्रकाशित:
२०७८, १२ भाद्र
काठमाडौं, १२ भदौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताएका हुन् ।
अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउनसमेत पुनः आग्रह गरेका छन् । उनले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने र आफू एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने स्पष्ट पारे ।
प्रतिक्रिया
सम्बन्धित समाचार