बरिष्ठ जनगायक जेबी टुहुरेको निधन
प्रकाशित:
२०७८, १० भाद्र
काठमाडौं, १० भदौं । बरिष्ठ प्रगतिशील तथा जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । जनगायक टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यही गएको मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल भर्ना गरिएको थियो । उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी थिए ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना