महाकाली तुइन प्रकरण : छानबिन समितिले आगामी साता प्रतिवेदन बुझाउने
अखबार टुडे
प्रकाशित:
२०७८, ९ भाद्र

काठमाडौं, ९ भदौ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि महाकाल नदीमा खसेर बेपत्ता भएका दार्चुलाका दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामीको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।
पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहेको जनाइएको छ । समितिका संयोजक सहसचिव जनार्दन गौतमले आज पनि उक्त विषयमा समितिका सदस्यबीच छलफल जारी रहेको र केही नयाँ सन्दर्भ आउँदा जिल्लासँग छलफल र समन्वय भइरहेको जानकारी दिए । ‘हामी एक हप्तामा अनुसन्धान सकेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरी अघि बढेका छौँ’, गौतमले भने ।
गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएपछि मन्त्रालयल यही मङ्गलबारसहित तीन पटक म्याद थप गरिसकेको छ । यसअघि साउन २५ र यही भदौ १ गते पनि समितिको म्याद थप गरिएको थियो ।

प्रतिक्रिया