माधवको नयाँ दलले पाउने भयो आधिकारिता, ३० सांसदसहित ५५ केन्द्रीय सदस्यले गरे सनाखत
प्रकाशित:
२०७८, ९ भाद्र

काठमाडौं, ९ भदौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै निर्वाचन आयोगले बुधबार सनाखतका लागि माधव नेतृत्वलाई बोलाएको थियो ।
नेकपा एमालेबाट विभाजन भएर नेता नेपाल लगायतका नेताहरुले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् । सनाखत भएसँग माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आधिकारिता पाएको छ । आयोगले आजै नयाँ दल दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
