थप १,९२० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ भाद्र

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै, २४ घण्टामा २,२४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै आज थप २४ जना संक्रमणबाट मृत्यु भएका छन् ।

प्रतिक्रिया