मलेसियाबाट ८ जना नेपालीको शव ल्याइयो
प्रकाशित:
२०७८, ५ भाद्र

काठमाडौं, ५ भदौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव शनिबार नेपाल ल्याइएको हो ।
साथै, ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएका थिए । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको संक्रमणका कारण समेत ज्यान गुमाएका थिए । ती शवहरुलाई आजै आफन्तलाई जिम्मा लगाइएको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?