अभियन्ता भनिएकाहरुलाई राज्यले निगरानी गर्नुपर्छ : महेश बस्नेत
अखबार टुडे
प्रकाशित:
२०७८, ४ भाद्र


काठमाडौं, ४ भदौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले कथित सामाजिक अभियन्ताहरुलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताएका छन् । शुक्रबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बस्नेतले ‘अभियन्ता’का नाममा निजी कम्पनीका व्यक्तिहरु तथा अन्य व्यक्तिहरुले अनेक खालका कार्यक्रमहरु गरिरहेका भन्दै त्यसमा राज्यको निगरानी हुनुपर्ने बताए ।

‘सामाजिक अभियन्ता भनिएकाहरुमाथि राज्यको मनिटरिङ छैन, उनीहरुको गरेको कामको औपचारिकता पनि छैन’ उनले भने, ‘कानुनी हैसियत पनि छैन । यो पाटोमा अब गृहमन्त्रालय नै चासो दिनुपर्छ ।’

नेता बस्नेतले अभियन्ताको नाम कसैले अस्पताल बनाइरहेको, कसैले खेल मैदान बनाइरहेको छ र कसैले बस्ती बसाइरहेको बताउँदै भने, ‘त्यहाँ कति पैसा उठिरहेको छ, कति खर्च भइरहेको छ पारदर्शिता छैन ।’ उनले यो विषयमा राज्यले निगरानी गर्ने एउटा पद्धति बनाउनुपर्ने बताए ।

प्रतिक्रिया