
काठमाडौं, ४ भदौं । नेकपा एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम ‘नेकपा एकीकृत (समाजवादी’ हुने भएको छ । यसअघि पार्टीको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको थियो । शक्रुबार माधव नेपालले नेतृत्व गर्ने नयाँ पार्टीको नाम ‘नेकपा एकीकृत (समाजवादी’ तय गरिएको हो ।
शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि प्रस्ताव गरिएको नाम मूूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गरेकाले नयाँ नाम प्रस्ताव गरिएको हो ।
त्यस्तै, पार्टीमा ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पु¥याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो पनि अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो । नाम तय पनि चुनाव चिन्ह तय हुन बाँकी रहेको छ । त्यसबारे आन्तरिक छलफल भइरहेको बताइएको छ ।
