शंकर पोखरेलको टिप्पणी : प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’
अखबार टुडे
प्रकाशित:
२०७८, ३० श्रावण

काठमाडौं, ३० साउन । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउका हान्ने प्रयास गरेको बताएका छन् । शनिबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेता पोखरेलले प्रचण्डमा अझै जनयुद्धकालीन धङ्धङ्गे रहेको बताउँदै भने, ‘भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरेको हो । तर, प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो ।’

प्रचण्ड माओवादीका नेता बनाएर चुनावी गठबन्धन गरेको बताउँदै उनले भने, ‘तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ ।’ नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए ।

प्रतिक्रिया