
काठमाडौं, २५ साउन । आज अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने गरी भेला बोलाइएको हो ।
महामन्त्री कोइरालाको सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यहरूको भेला महामन्त्री निवासमा राखेका छन्।
‘यो अनौपचारिक भेला हो । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ,’ स्रोतले भन्यो। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ। तर क्रियाशील सदस्यता विवाद कायमै रहेकोले महाधिवेशन सार्ने चर्चा भइरहेका छन्।
कांग्रेसले साउन २८ मा केन्द्रीय समिति बैठक पनि बोलाएको छ। महाधिवेशन अन्योलमा परेपछि सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन पौडेलले केन्द्रीय सदस्यहरूको भेला राखेका छन्। बैठकले आगामी रणनीति पनि तय गर्नेछ।
आजै बिहान पौडेलले सभापति देउवाले महाधिवेशन गर्न नखोजेको बताएका थिए। महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगमा भिख माग्ने अवस्थामा पुर्याइएको भन्दै उनले नेतृत्वको आलोचना गरेका थिए ।
