संक्रमणको जोखिम बढेको भन्दै भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १९ श्रावण

काठमाडौं, १९ साउन । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाडजन्य क्रियाकलाप नगर्न गरेको छ । पछिल्लो समय भीडभाड बढेको भन्दै यस्तो आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझैं बढ्ने बताएको छ ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ ।

‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया