नेपालमा पुनः संक्रमण दर बढ्दै : थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ९ श्रावण

काठमाडौं, ९ साउन । लकडाउन खुकुलो पारिएसँगै नेपालमा पुनः कोरोना संक्रमण बढ्दै गएको छ र शनिबार नेपालमा थप ३ हजार ११४ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा यतिका संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर वधिबिाट २३०९ र एन्टजिेन वधिबिाट ८०५ जनामा संक्रमण पुष्टी भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबिाट ६ लाख ७९ हजार १७ जना र एन्टीजेन विधबिाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टीलेटरमा उपचाररत छन् ।

यही अवधमिा थप २ हजार १९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । हालसम्म कूल संक्रमतिमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा नकिो हुने दर ९४।५ प्रतशित रहेको छ ।

त्यस्तै, कोभडि–१९ को संक्रमणबाट शनिबार थप १६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतशित रहेको छ ।

प्रतिक्रिया