काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछि सपथ कार्यक्रम केही ढिलो भएको थियो । राष्ट्रपतिले साँझ ६ बजे सपथ कार्यक्रम राखेका थिए । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । प्रधानमन्त्री देउवासँगै आज ४ मन्त्रीले पनि शपथ लिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा बन्दा भुसाल ऊर्जा तथा जलस्रोत मन्त्री बनेकी छन् । सर्वोच्च अदालतको परमादेशसँगै देउवा प्रधानमन्त्री बनेसँगै पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।