विपक्षी गठबन्धनबाट माधव नेपाल समूह बाहिरियो
अखबार टुडे
प्रकाशित:
२०७८, २८ असार

काठमाडौं, २८ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ । यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।
संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले गठबन्धनबाट बाहिरिने बताएका हुन् ।
अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिति फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए।
बैठकमा नेता माधवकुमार नेपालले एमाले पार्टी एकताको लागि क्रियाशील हुने बताएका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५मा प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल, पुष्पकमल दाहाल, कांग्रेसबीच गठबन्धन भएको थियो । जहाँ माधव नेपाल समूहका २३ सांसदको साथ थियो ।

प्रतिक्रिया