काठमाडौं, १४ असार । यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकलौटी भएको भन्दै ध्यानाकर्षण जनाएको छ । सरकारको एकलौटी निर्णय भएकाले उक्त निर्णय सच्याउन समेत व्यवसायीले माग गरेका छन् ।
सोमबार नै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर सरकारको एकलौटी निर्णयप्रति आपति जनाएको हो ।
उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने समेत यस्तो चेतावनी दिएका छन् । सोमबार उपत्यकाको तीन जिल्लाका जिल्ला प्रमुखहरुको बैठकले काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै मंगलबारदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।