राष्ट्रपतिद्वारा १७ असारमा राष्ट्रियसभाको अधिवेशन आह्वान
प्रकाशित:
२०७८, १० असार
काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बिहीबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ । अघिल्लो बर्ष पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि २६ पुसमा अन्त्य भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार