नेपाल अपडेट : ४९ हजार ५५५ सक्रिय संक्रमित, निको हुने दर ९०.७ प्रतिशत
अखबार टुडे
प्रकाशित:
२०७८, १० असार

काठमाडौं, १० असार । बिहीबर थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् ।

नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा, ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा, ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया