काठमाडौं, ९ असार । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन् । बुधबार संवैधानिक इजलासमा प्रश्न उठाउँदै उनले भने, ‘संसदमा विश्वास गुमाएको प्रधानमन्त्रीले पुनः त्यही पदमा दावी गर्न मिल्छ कि मिल्दैन ?
राजनीतिक दलसम्बन्धी ऐनको भविष्यमा आकर्षित हुने व्यवस्थाको परीक्षण गर्ने अधिकारी राष्ट्रपतिलाई नभएको भन्दै बन्दीले उनले जुन प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिएन त्यो प्रधानमन्त्रीले त्यही संसद विघटन गर्न कसरी पाउँछ ? भन्ने प्रश्न गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्रा–टुक्रा पारेको दावी गर्दै बन्दीले भने, ‘बालहठ जस्तै नाइ मलाई त्यही केटी चाहिन्छ भन्ने गीतजस्तै राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भने झैँ गर्नुभयो ।’
कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको निवेदनमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।