ओलीको ‘भ्याकेट’मा अन्तरिम आदेश खारेज गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रकाशित:
२०७८, ८ असार
काठमाडौं, ८ असार । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।
यसअघि चार सांसदलाई कारबाही गर्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णयलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । चार सांसदहरूलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेश खारेजको माग गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गराएको थियो ।
भ्याकेटमाथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
प्रतिक्रिया