बारको आधारमा व्यवसाय संचालन गर्न पाइने, कुन बार कुन पसल खुल्छ ?
प्रकाशित:
२०७८, ६ असार
काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाको अवधी थप गरिएको छ । आइतबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । तर बैठकले बारको आधारमा व्यवसाय संचालन गर्न दिने निर्णय गरेको छ ।
कुन बार कुन पसल खुल्ने ?
आइतबार, मंगलबार र बिहीबार : सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्ने ।
सोमबार, बुधबार र शुक्रबार : सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्ने ।
बारका आधारमा पसल खोल्न दिने निर्णय गरिएता पनि समय भने बिहान ११ देखि ४ बजेसम्म तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल हालकै अवस्थामा हरेक दिन बिहान ११ बजेसम्म खुल्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार