निषेधाज्ञा एक साता थप : निजी सवारीमा जोर–विजोर, बारअनुसार पसल खुल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ६ असार

काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाको अवधी थप गरिएको छ । आइतबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित यसअघि जेठ असार सता गतेसम्म लगाइएको निषेधाज्ञालाई असारको १४ गतेसम्म बढाउने निर्णय गरेको हो ।
उपत्यकामा कोरोना संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएकोललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।
थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो गरिने छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

प्रतिक्रिया