छतमा फसेकाहरुको सेनाको हेलिकोप्टरबाट उद्दार,
अखबार टुडे
प्रकाशित:
२०७८, २ असार

सिन्धुपाल्चोक, २ असार । सिन्धुपाल्चोकको मेलम्चीस्थित एक होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हेलिकोप्टरबाट उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।

चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । बाढीका कारण रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । बाढीले सडक तथा पुल बगाएपछि अहिले मेलम्ची यातायात सम्पर्क विच्छेद भएको छ ।

प्रतिक्रिया