आज सातै प्रदेश सरकारहरूले बजेट ल्याउँदै
प्रकाशित:
२०७८, १ असार
काठमाडौं, १ असार । प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार सातवटै प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट ल्याउँदै छ ।
यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बुझिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको हो । प्रदेशहरूका नीति तथा कार्यक्रममा विकास निर्माणका गतिविधिहरू लगायतमा पनि बजेट केन्द्रीत रहने देखिएको छ ।
प्रदेश नम्बर १, वागमती र लुम्बिनीमा ३ बजे प्रदेश सभा बैठक बस्दैछ । उक्त बैठकमा बजेट आउनेछ । प्रदेश नम्बर २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । बजेट भाषणअघि गण्डकी र कर्णालीमा आजै नीति तथा कार्यक्रममाथि मतदान पनि हुने कार्यक्रम छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार