जर्मनीद्वारा नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने घोषणा
प्रकाशित:
२०७८, ३१ जेष्ठ
काठमाडौं, ३१ जेठ । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ ।
नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना