प्रेममा धोका पाएपछि (भिडियो)
प्रकाशित:
२०७८, २९ जेष्ठ
काठमाडौं, २९ जेठ । गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् ।
सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।
प्रेम पीडा व्यक्त गरिएको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
इलाममा ओलीले भने- केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ
इलाम-२ मा एमालेका सुहाङ विजयी, १६ उम्मेदवारको जमानत जफत
चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि टेस्लाका सीईओ मस्क प्रस्थान
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी