पाकिस्तानमा दुई वटा रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु
प्रकाशित:
२०७८, २४ जेष्ठ
सिन्ध, २४ जेष्ठ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किँदा ३० जनाको ज्यान गएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था डनले जनाएको छ ।
कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।
रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको छ ।
दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ । दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार