नेपालमा कोरोना : संक्रमण दर घट्दै निको हुने बढ्दै
प्रकाशित:
२०७८, १८ जेष्ठ
काठमाडौं, १८ जेठ । नेपालमा संक्रमण दर घट्दै गएको छ । संक्रमितको संख्या घटेसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ भने यसै अवधिमा ६८९८ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि टेस्लाका सीईओ मस्क प्रस्थान
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी
यी प्रदेशमा आज वर्षा र हावाहुरीको सम्भावना
उपनिर्वाचनः इलाम-२ मा ५८ प्रतिशत मतदान, मतगणना आइतबारमात्रै गरिने