सैनिक मुख्यालयभित्र गणतन्त्र दिवश
प्रकाशित:
२०७८, १५ जेष्ठ
काठमाडौं, १५ जेठ । आज जेठ १५ अर्थात १४औँ गणतन्त्र दिवश । आज कोरोना महामारीबीच विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश मनाइँदैछ । यसैगरी १४औँ गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालयभित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा मनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष आफैं छन् । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए ।
गृहका अर्का एक अधिकारीले पानी परेर कार्यक्रम प्रभावित हुने भएकाले टुँडिखेलको खुल्ला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको उनको भनाई छ । जंगअड्डामा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी
यी प्रदेशमा आज वर्षा र हावाहुरीको सम्भावना
उपनिर्वाचनः इलाम-२ मा ५८ प्रतिशत मतदान, मतगणना आइतबारमात्रै गरिने
ट्वान्टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक जित