नेपालबाट चार मुलुकमा नियमित उडान हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

काठमाडौं, १४ जेष्ठ । नेपालबाट चार मुलुकमा नियमित उडान हुने भएकोे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो ।
सरकारले नियमित उडान खुला गरेसंगै दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल अनुसार उडान हुनेछन् ।
अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका कारण एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ । तर, चार्टर्ड उडान भने भइरहेका छन् ।

प्रतिक्रिया