दोषीलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, छानबिनका लागि समिति गठन
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

काठमाडौं, १४ जेष्ठ । डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
आक्रमण भएको केही घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै भेरी अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको हो ।
गएराति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।
डाक्टर चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
साथै घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया