नाइजेरियामा विमान दुर्घटना हुँदा सेना प्रमुखसहित ११ जनाको मृत्यु
प्रकाशित:
२०७८, ८ जेष्ठ
कडुना, ८ जेष्ठ । नाइजेरियामा विमान अवतरणका क्रममा दुर्घटना हुँदा सेना प्रमुखसहित ११ जनाको ज्यान गएको छ ।
उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरु र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।
मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ ।
५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बनेकोे थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गरेको छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना