जसपाको राजनीति : मसी नसुक्दै भाँडियो सहमति (विज्ञप्तिसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीमा आन्तरिक विवाद चरमउत्कर्षमा पुगेका बेला मंगलबार अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबाट एउटा संयुक्त विज्ञप्ति जारी भयो । उक्त संयुक्त विज्ञप्तिले जसपामा एकताको सन्देश दिएको थियो । तर, संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै अध्यक्षद्धय ठाकुर र यादवबीचको सहमति भाँडिएको छ ।
महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएलगत्तै यादवले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेतामा कोही चयन नभएको बताएका छन् । यादवको उक्त काउन्टर पत्रले जसपामा विवाद जस्ताको तस्तै छ भन्ने स्पष्ट पारेको छ ।
कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको यादव पक्षले जनाएको छ ।

उपेन्द्र यादवको काउन्टर पत्र

महत्तोलाई दलको नेता चयन गरिएको पत्र

ठाकुर र यादवको संयुक्त विज्ञप्ति

प्रतिक्रिया