आफ्नै नेतृत्व दावी : वर्तमान सरकारमा सहभागी नहुने जसपाको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार सामेल हुन भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै नेतृत्वको सरकारको दावी गरेको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारीगर्दै राष्ट्रिय सहमति वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

सअघि ठाकुरले ओली नेतृत्वको सरकारलाई साथ दिने अवस्थामा पुगेपनि अहिले आएर आप्नो नेतृत्वको सरकार दावी गर्दै अहिलेको सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेताल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ’ विज्ञप्तिमा भनिएको छ ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

नेकपा एमालेको नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भएको थियो । बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष वैकल्पिक सरकार गठनको पक्षमा रहँदै आएको छ भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर छलफल गर्दै आएको छ ।

प्रतिक्रिया