बाँकेमा थप ११ जना संक्रमितको मृत्यु
प्रकाशित:
२०७८, २९ बैशाख
काठमाडौं, २९ वैशाख । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्यान र कैलालीका छन् ।
योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया