गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ बैशाख । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरका छन् ।
गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन प्रदेश प्रमुख पौडेलले बताएका छन् ।

प्रतिक्रिया