अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ वैशाख । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।
डिभी परे–नपरेको https://dvprogram.state.gov/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?