माओवादीले सरकारलाई समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा आज बुझाउँदै
प्रकाशित:
२०७८, २२ बैशाख
काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ ।
हिजोे नेकपा माओवादी केन्द्रको बैठकले गरेको निर्णय अनुसार आज समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
नेताहरुको समय अनुकुल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उनको भनाइ छ ।
मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।
संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पु¥याउन पत्र बुझाउन लागेको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना