जिउँदो उल्लु चरोसहित एक युवा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, १४ बैशाख


काभ्रे, १४ बैशाख ।
धुलिखेल नगरपालिका ९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गस्मिा जिउँदो उल्लु चरोसहित रामेछाप नगरपालिका २ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरो सहित फेला पारी पक्राउ गरेको जनाएको हो ।
उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया