किशोरी बलात्कार गर्ने युवा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, १३ बैशाख


उदयपुर, १३ बैशाख । उदयपुर त्रियुगा नगरपालिका ९ रातमाटे बस्ने २० वर्षीय पवन श्रेष्ठलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई पवनले वैशाख ३ गते ललाई फकाई आफ्नै घरमा लगि पटकपटक जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया