काठमाडौं, १३ बैशाख । आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे बस्ने मन्त्रिपरिषद बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने बताइएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष गरेको सिफारिसमाथि छलफल हुनेछ ।
सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै, पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।
कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने मन्त्री ज्ञवालीले बताएका छन् ।