त्रिदेशीय टि-२० क्रिकेट : नेपाललाई नयाँ कीर्तिमान, नेदरल्याण्ड्सविरुद्ध फराकिलोे जित
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख


काठमाडौं, ११ बैशाख ।
नेपालले त्रिदेशीय टि-२० सिरिजको उपाधि जितेको छ । शनिबार टियु मैदानमा भएको फाइनल खेलमा सानदार प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सविरुद्र्ध १४२ रनको फराकिलोे जित निकालेको हो । २३९ रनको कीर्तिमानी लक्ष्य पच्छ्याएको नेदरल्याण्ड्स ९६ रनमा समेटियो । निर्धारित २० ओभरको खेलमा नेदरल्याण्ड्स १७ दशमलव २ ओभरमै अल आउट भयो ।
नेपालको जितमा करन केसीले ३ तथा सन्दीप लामिछाने र कमलसिंह ऐरीले २—२ विकेट लिए । यस्तै अविनाश बोहराले १ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेलले ७७ रनको योगदान दिए । भुर्तेलले जारी सबै सृंखलामा अर्धरतक बनाएका हुन् । ५३ बल खेलेका भुर्तेलले ३ छक्का र ८ चौकासहित ७७ रन बनाएका थिए । यस्तै कुशल मल्लले पनि अर्धसतक हानेका छन् । उनले २४ बलमा अर्धसतक पुरा गरेका हुन् । मल्लले ५ छक्का र २ चौका प्रहारसँगै अर्धसतक पुरा गरेका हुन् । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो ।
यसैगरी गरि दिपेन्द्रसिह ऐरीले अविजित १८ बलमा ४८ बनाँउदा कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आसिफ सेखले १६ रन बनाए ।

प्रतिक्रिया