सरकारलाई सीसीएमसीको सुझाब : कम्तीमा १ महिना लकडाउन
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख

काठमाडौं, ११ बैशाख । काठमाडौं उपत्यकामा कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी नअपनाएको भन्दै सरकारले लकडाउन गर्ने तयारी गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ ।
साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनु पर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सीसीएमसी सचिवालयले ब्रिफिङ गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया