कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँलान् त ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ बैशाख

काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठक आज ११ बजे बोलाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभाको ठूलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ ।
एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार ११ बजे बस्ने बैठकले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गर्दैछ । सोही बैठकले पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्ने बताइएको छ ।
आजै दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकअघि एमालेले नयाँ सरकार बनाउने नीतिका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिँदैछ ।

प्रतिक्रिया