नेपाल पुनः कोरोना बढ्न थाले : २४ घण्टामा २६६ संक्रमित, चारको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २३ चैत्र

काठमाडौं, २३ चैत । नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । सोमबार नयाँ कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको छ ।
यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । यही अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया