वायुप्रदुषणको प्रभाव : चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय
अखबार टुडे
प्रकाशित:
२०७७, १६ चैत्र

काठमाडौं, १६ चैत । वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले देशभरका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेसँगै मानविय स्वास्थ्यमा गम्भीर असर देख्न थालिएको छ ।
वातावरणविज्ञहरुले अझै प्रदुषण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् । शुक्रबारदेखि काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लागेको छ ।

प्रतिक्रिया