अध्यक्ष नेपालले भने, ‘त्यसपछि ओली सडकमा पछारिने छन्
अखबार टुडे
प्रकाशित:
२०७७, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका छन् ।
शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौँ । राजीनामा दिनुहोस्, नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कन्तविजोग हुने दिन नजिकिएको समेत दावी गरे । उनले अबको केही दिनमै नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले पाउने दावी गर्दै उनले भने, ‘अब केही हप्ताभित्रमैै नेकर्पा र सूर्य चुनाव चिन्ह कसको भन्ने फैसला हुन्छ, त्यसपछि ओली सडकमा पछारिने छन् ।’

प्रतिक्रिया