सरकार-विप्लव समूहचीच प्रथम चरणको वार्ता ‘सकारात्मक र दिशाउन्मुख’
प्रकाशित:
२०७७, १९ फाल्गुन
काठमाडौं, १९ फागुन। सरकार र विप्लव नेतृत्वको नेकपाबीच प्रथम चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ता सकारात्मक र दिशाउन्मुख रहेको वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर रानज भट्टराईले जनाएका छन् ।
सरकारका तर्फबाट संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई सहभागी थिए । त्यसैगरी, विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए । टोलीले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेकाको रिहाइ र आफ्ना नेता÷कार्यकर्ताहरुलाई लगाइएको मुद्दा हटाउनुपर्ने शर्त राखेको बताइएको छ ।
ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना