मुलुकमा कोही घरबारविहीन हुनुपर्दैन : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

झापा, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोही घरबारविहीन हुन नपर्ने बताएका छन् । मंगलबार बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् । भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनुनपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए ।
उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया