आदिवासी जनजाती महासंघको सचिवमा योङहाङ
अखबार टुडे
प्रकाशित:
२०७७, १५ माघ


काठमाडौं, १५ माघ । ढाका उद्यमी कल्पना योङहाङ लिम्बू आदिवासी जनजाती महासंघ नेपालको सचिवमा चयन गरिएकी छन् । हालैमात्र नेकपा ओली पक्षको केन्द्रीय सदस्य चयन भएकी समाजसेवीसमेत रहेकी योङहाङ महासंघको सचिव पदमा चयन भएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट महासंघले केन्द्रीय तथा सचिवालय सदस्य विस्तार गरेको हो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा बुधबार काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले गोकुलप्रसाद घर्तीमगरको अध्यक्षतामा ३३३ केन्द्रीय, १११ सचिबालय सदस्य तथा ३३ सदस्यीय पदाधिकारी विस्तार गरेको छ । जसमा सफल महिला उद्यमीका रुपमा चिनिएकी योङहाङलाई सचिवमा प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव राष्ट्रिय भेलाले तत्काल पारित गरेको हो ।
लामो समयदेखि नेपाली ढाका कपडा तथा पहिरनको प्रवद्र्धन गर्दै आएकी योङहाङ राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन् । कम्युनिष्ट राजनीतिमा सक्रिय योङहाङले नेपाली ढाका विशेषगरी पूर्वेली हातेतानबाट बुनेको ढाकालाई विश्वस्तरका प्रवद्र्धन गरेर नेपाली उत्पादनलाई चिनाउने काम गरेकी छन् । उनले द हाइल्याण्ड आर्ट र कल्पना ढाका बुटिक सञ्चालन गर्दै आएकी छन् ।

यस्तो छ महासंघको पदाधिकारी सूचि

प्रतिक्रिया